कला

दिलभित्र सजाएर राखेको छु तिमीलाई

मुक्तक

सोमनाथ लुइँटेल रवि      

 

      १) मुक्तक

दिलका कुरा सबै खोलिसके मैले,

आज आएर भन्छन् के गरिस् तैले।

यस्तो समाजमा कसरी पो बाँच्ने,

धेरै थियो बनाउन बिग्रिसक्यो पैले।

     २)  मुक्तक

बाँच्नलाई आफ्नो लागि आफैले हो गर्ने,

अफ्ठ्यारोमा कोही हुन्नन् सँगँगै मर्ने।

एक्लै पनि बाँचिन्छ सिकायो कोरोनाले,

तिमीसँगै मर्छु भन्दा फूल सम्झ्यौ झर्ने।

       ३) मुक्तक

दिलको ढोका बन्द गरी आऊ भन्छौ,

केही नभनी कसरी जाऊ भन्छौ।

आँखाबाट आँस’ झार्दै हिँड्न थाले,

व्यापारी जस्तै चाहियो साउ भन्छौ।

      ४) मुक्तक

दिलभित्र सजाएर राखेको छु तिमीलाई,

खुशी मिलोस् देउता भाकेको छु तिमीलाई।

चोखमाया जोख्ने तुलो हुन्न व्यापार जस्तो,

मुटुसँग आफ्नै भनी साटेको छु तिमीलाई।

प्रकाशित: २८ वैशाख २०७८ ०२:०३ मंगलबार

अक्षर