कला

कोरोनाको डरले

बालकविता

रमेशचन्द्र घिमिरे

 

घरै बस्यो सानो भाइ

घरमै बसे ठुला दाइ

बाआमाको करले  

कोरोनाको डरले

 

बाहिर गई आउँदा

हातमा मैलो लाउँदा

स्यानिटाइजर मागे है

आफ्नो ख्याल राखे है  

भन्नुहुन्थ्यो सरले  

कोरोनाको डरले

 

रुघाखोकी लाएमा

ज्वरो पनि आएमा

के हुन्छ हँ हामीलाई !

भन्छ मेरो सानो भाइ

आत्तिएको स्वरले

कोरोनाको डरले

 

हात मिलाउन छोडेर

दुइटै हात जोडेर

परपर सर्दैछन्

नमस्कार गर्दैछन्

सारा संसार भरले

कोरोनाको डरले।

प्रकाशित: २५ वैशाख २०७८ ०२:४४ शनिबार

अक्षर