कला

फूलले पनि सृष्टिको रिन लागेर फक्रेपछि झर्नैपर्छ दिन लागेर !

गजल

सजल अनामिका

 

फूलले पनि सृष्टिको रिन लागेर !

फक्रेपछि झर्नैपर्छ दिन लागेर !

 

भुलिदिन्छौ हामी आफ्नो धरातल,

सपनाको संसार रंगीन लागेर !

 

बलात्कारीले किन पासो लाउँदैन ?

अपराधी जीवन अर्थहीन लागेर !

 

छोरीचेली मात्रै मर्नुपर्ने हो सरकार ?

यहाँ आफ्नै देहसँग घिन लागेर !

 

भन त कतिचोटि रुमाल भिजायौ ?

प्रियसीको मुहार मलिन लागेर !

 

मात जस्तो होइन माया भन्ने चीज,

चल्दैन जिन्दगी एकछिन लागेर।

प्रकाशित: २४ वैशाख २०७८ १२:०१ शुक्रबार

अक्षर