कला

महामारीमा विराट र अनुष्काले गरे ३ करोड बढीकाे दान

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र बलिउडकी चर्चित अभिनेत्री अनुष्का शर्माले कोभिड १९ महामारीका बेला ३ करोड २० लाख रुपैयाँ सहयोग गरेका छन्। भारतमा दास्रो लहरको कोरोना संक्रमणले भयावह रुप लिएको बेला उनीहरुले एक अभियान सुरु गरेका छन्। 

भारतमा लाखौँ मानिस दैनिकी रुपमा संक्रमण भईरहेका छन्। हजारौँ मानिसले दैनिकी ज्यान गुमाईरहेका छन्। संक्रमितले अस्पतालमा बेड, अक्सिजन सिलिन्डर र चिकित्सकको परामर्श समेत नपाएको अवस्था छ।  

कोभिड १९ को बेला शर्मा र कोहलीको जोडीले ३ करोड २० लाख रकम सहयोग गरि आफ्नो अभियान शुक्रबार सुरु गरेका छन्। १ हप्तासम्म किटोमा चल्ने यो अभियानमा ११ करोड २० लाख रकम संकलन गर्ने लक्ष्य राखिएको छ।  

अनुष्का र विराटले गरेको यो अभियान विराट कोहलीले आफ्नो समाजिक सञ्जाल ट्वीटारमा एक भिडियोमार्फत सार्वजनिक गरेका हुन्। त्यस भिडियोमा उनीहरुले आफूले सक्दो कोभिड १९ महामारीसंग लड्न किटोमा यो अभियान आरम्भ गरेको बताएका छन्।  

यस अभियानमा संकलन भएको रकमले अक्सिजन प्रदान गर्न, मेडिकल म्वानपावर, खोप बारे चेतना, टेलि मेडिकल सेवा जस्ता कार्यका लागि प्रयोग गर्ने उनीहरुले गरेको प्रेस रिलिजमा उल्लेख गरिएको छ।

प्रकाशित: २४ वैशाख २०७८ १०:०७ शुक्रबार