कला

घर नै कारागार भएको धेरै भयो

गजल

चिरञ्जीवी ढकाल

 

विश्वमै हाहाकार,भएको धेरै भयो,

घरनै कारागार, भएको धेरै भयो।

 

जनताहरू कोरोनाले, तड्पिरहेका छन्,

दलको  मारामार, भएको  धेरै भयो।

 

जुन पाखुरीले, मैदानमा धावा बोल्छ,

सधैं उसकै  हार, भएको धेरै भयो।

 

ए ! परिवर्तनका,  ठेकेदारहरू हो,

व्यर्थैमा व्ययभार, भएको  धेरै भयो।

 

कहिले फर्कन्छन्,विदेसिएका माहुरी?

उनी बिनाको घार, भएको  धेरै भयो।

प्रकाशित: २३ वैशाख २०७८ १२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App