कला

कोरोनाको पीडा

कविता

होमनाथ खनाल

 

बसेक छु बरन्डामा , देख्छु कतै भनी,

टाढा भयो मिलन आजकाल , दिक्क लाग्छ अनि।

 

कोरोनाले गर्नु गरयो, नाता भयो टाढा,

जति टाढा भए पनि, सम्झना छ गाढा।

 

घरभित्रको बसाइ छ , मनैभरि पिर,

अतीतको याद गर्छु , सम्झी चारैतिर ।

 

कैले हुन्न रैछ मन, एकैठाउँमा स्थिर,

सम्झी बस्छ के छ तिमीलाई , लाग्छ धेरै पीर ।

 

समयले साथ दिए भेट छिट्टै हुने।

सम्झनाको आँधीबेहरी  आउँछ मनै छुने।

 

तिमी जहाँ भए पनि सुरक्षित छौ भन्दै ,

कैले भेट होला भनी बस्छु दिन गन्दै।

प्रकाशित: २३ वैशाख २०७८ ०७:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App