सञ्चारकर्मी तथा गायिका ईश्वरी बरालले नयाँ गीत सार्वजनिक गरेकी छन् । उनले ‘खानदानी छोरी’ बोलको गीत सार्वजनिक गरेकी हुन्।
बरालको स्वर र राजेन्द्र भट्ट (मिस्टर आरजे) को र्याप रहेको गीतमा राजेन्द्रकै संगीत छ । गीतको शब्द लेखक टुरिष्टजङ्ग विक रहेका छन् । गीतलाई संगीत संयोजन श्यामश्वेत रसाइलीले गरेका हुन् ।
गीतको भिडियोमा जुम्ल्याहा इक्षिता र बिक्षिता तिवारी तथा काजी लगायतको अभिनय छ । भिडियोलाई सान थापाले निर्देशन गरेका छन् ।
प्रकाशित: २१ वैशाख २०७८ १०:४९ मंगलबार