कला

सम्राटको नयाँ रोग

कविता

आर. मानन्धर

 

राजाहरूलाई

रानीहरूलाई

नयाँ रोग लागेछ  

आफ्नै लुगा फुकाल्दै नांगिने  !

कसैले नङ्ग्याउने होइन

आफैं नांगिने !

नांगिने, नांगिने, अझै नांगिने  

सामूहिक मनोरोग लागेछ !

प्रतिस्पर्धा नै छ

नांगिएर नाच्ने

नांगिएर हाँस्ने

नांगिएर जात्रा निकाल्ने

हूबहू एन्डरसनको कथामा जस्तै

तर फरक मात्र यति छ कि

अब जो आफ्ना बाउका सन्तान होइनन्

तिनीहरूले मात्र देख्छन्

राजारानीहरूका शरीरमा

वस्त्र !

तिनीहरू नै गर्दै छन्

राजारानीहरूका कल्प्ति वस्त्रहरूको

बखान!

प्रकाशित: २० वैशाख २०७८ ०६:५२ सोमबार

अक्षर