कला

मलाई कोरोना लाग्नै सक्दैन

आयुष्मा ढकाल

 

मंसिर महिनामा बाबालाई रुघा लाग्यो । ज्वरो आयो । विद्यालय जाने कि नजाने भनेर दोधार हुनुभयो । कोरोनाको बिगबिगी थियो । कोरोना चेक गर्नुपर्छ भन्ने पारिवारिक सल्लाह भयो । तीन दिन एटेज कोठामा एक्लै बस्नुभयो । चौथो दिन प्रसिद्ध ढकाल अंकलको सहयोगमा भेरी अस्पतालमा चेक जाँच भयो । पाँचौ दिन रिपोर्ट पोजेटिभ आयो । यो गत मंसिर २३ गतेको कुरा हो।

भोलिपल्ट मामु, म र बहिनीको पनि चेक भयो । बहिनीबाहेक हामी दुवै पनि कोरोना पोजेटिभ भयौं । बाबालाई निकै गाह्रो भयो । भेरी अस्पतालमा भर्ना भएर उपचार गर्नुप¥यो । मामुको पनि सँगसँगै चेकिङ भयो । मलाई एक दिन शरीर दुखेको बाहेक कुनै पनि लक्षण देखिएन । स्वाद पनि हराएन । ज्वरो रुघाखोकी केही भएन । होम आइसोलेनमा बसेर डिस्चार्जको समय पर्खिरहें।

बाबालाई चेक गर्न ढिला भएको भए अवस्था फरक हुन पनि सक्थ्यो । लक्षण छैन भनेर हाम्रो चेक नगरेको भए ७५ वर्षकी आमा सहित हाम्रो ठूलो परिवार संक्रमित हुने खतरा हुन्थ्यो । हाम्रो परिवार ठूलो क्षति हुनबाट जोगियो।

हाम्रो पूरै परिवारको कोरोना विमा थियो । बाबा र मामुको जोखिम बापतको रकम पूरै एकएक लाख प्राप्त भयो । मेरो रकम आउन बाँकी छ । विमा गर्ने समयमा धेरैलाई विमाप्रति शंका थियो । रकम प्राप्त हुँदैन भनेर ठोकुवा गर्नेहरू पनि थिए । मलाई पनि त्यस्तो लागेको थियो । तर वास्तविकता त्यस्तो रहेनछ।

म मोर्गन इन्टरनेसनल कलेज, काठमाडौंमा ११ कक्षामा पढ्छु । कोरोना कहरले गर्दा ढिलो मात्र सञ्चालन भएको कलेज पुनः बन्द हुने भयो । भौतिक रूपमा कक्षा सञ्चालन गर्न नसक्ने अवस्था आयो । भर्चुअल माध्यमबाट पढाउने सूचना प्राप्त भयो । बाँकेले लकडाउन गर्नुपूर्व म कोहलपुर फर्किएँ।

अहिले कोरोनाको दोस्रो लहर सुरु भएको छ । बाँके कोरोनाको हटस्पट बनेको छ । पहिलाभन्दा फरक शैलीमा प्रस्तुत भएको छ कोराना । आँखा राता हुने मात्र नभएर शरीरमा साना विविरा पनि देखिएको छ भनेर सुन्दै आएको छु । कडा लक्षणसाथ प्रस्तुत भएको भाइरसलाई डब्लु एच ओ ले कोरोना २० भनेर नामाकरण गरेको छ । यसले हाम्रो छिमेकी राष्ट्र भारतलाई सबैभन्दा बढी प्रभावित पारेको छ । दैनिक तीन लाखभन्दा बढी संक्रमित भएका छन् । दैनिक तीन हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।  

हाम्रो नेपालको अवस्था पनि निकै दयनीय छ । नेपाल र भारतको खुला सिमानाको प्रभाव नेपालमा परेको छ । दैनिक भारतबाट हजारौं नागरिक नेपाल प्रवेश गरेका छन् । नेपाली नागरिकहरू जाऊ न पनि कता ? आत्मसुरक्षाका लागि घर फर्किनु स्वाभाविक नै हो । तर, उनीहरूको नेपाल प्रवेशको तरिका कति सही छ ? उनीहरू कुन बाटोको प्रयोग गरेर नेपाल भित्रिएका छन् ? सुरक्षाका कुनकुन मापदण्ड प्रयोग गरेका छन् ? आएर कसरी बसेका छन् ? आदि कुरामा सम्बन्धित पक्षको ध्यान गएको देखिँदैन । सम्पूर्ण परिवार मात्र नभएर उनीहरूसँग सम्पर्कमा आएका जो कोहीलाई पनि जोखिम पारिरहेका छन् । मलाई त कोरोना लाग्न सक्दैन भन्ने झुटो भ्रम पालेर बस्नेहरूले नै कोरोना पैmलाइरहेका छन् ।  

कारोना बढ्ने क्रम जारी छ । हामीमा अभैm चेतना आएको छैन । कतिपय मानिस आपूmलाई कोरोनाले छुनै नसक्ने भ्रममा छन् या कोरोना पोजेटिभ देखिएमा स्वीकार गर्न नसक्ने अवस्थामा छन्।  

हामी विकासोन्मुख देशका जनता हौं । हामीमा शिक्षा मात्र होइन बौद्धिकताको कमी छ । यही कारण समाजमा कोरोना दिनमा दुई गुणा  रातमा चौगुणा पैmलिएको छ। विशेषज्ञहरूले नियन्त्रण बाहिर गएको आंकलन गरिरहेका छन् ।

समाजमा मैले तीन वर्गका मानिस देखेको छु । पहिलो वर्गका मानिसहरू कोरोना केही होइन भनेर उडाउन खोज्छन् । ‘हाँच्छ्यु गरेर उडाइन्छ कोरोना’ भनेर मजाक गरिरहन्छन् । ‘रुघाखोकी, ज्वरो, पखाला त सामान्य हो । अहिले मात्र हो र ? पहिले पहिले पनि त लागेकै हो नि । सात दिनमा ठिक भैहाल्छ’ भनेर हल्का रूपले लिइरहेका छन् । लागेर पनि केही हुन्न । मरिदैन भन्ने घमन्डले कोरोना संक्रमणको दर एकदमै बढेर गएको छ।

दोस्रो वर्गका मानिसहरूले ‘कोरोना मलाई लागेको छैन’ भनेर ढिपी गरिरहन्छन् । यिनीहरूको त झनै के कुरा गर्नु ? शरीरमा विभिन्न लक्षणहरू देखिएका हुन्छन् । तर, ती लक्षणहरू कोभिडसँग मिलेका छन् भनेर स्विकार्न चाहदैनन् । आपूm कुनै अजम्बरी रुखबाट निस्किएजस्तै गरी कोरोना नलाग्नेमा ढुक्क हुन्छन् । कसैको सुझाव र सल्लाहले पनि उनीहरूलाई असर पार्न सक्दैन।

‘तपाईलाई त रुघा लागेको छ । समय गतिलो छैन । कतै कोभिडले छोयो कि चेक गर्नुुस् ।’ भनेमा यस्तो उत्तर दिन्छन्– ‘कहाँ हुनु मलाई कोभिड ? अस्ति बजार गएर फर्कदा निकै गर्मी भयो । फ्रिजको चिसो पानी टन्न पिएको घाँटी पो दुख्यो । रातिबाट रुघाखोकी पनि सुरु भयो । टाउको पनि दुखिराछ ।’

‘टाउको दुख्ने, पखाला लाग्ने लक्षण पनि त कोभिडसँगै मिल्छ त ?’ भनेर सुनाउनु पनि हुँदैन । ‘राति पंखा चलाएर सुतेको चिसोले टाउको दुखेको हो । आजकल दिनहुँ दिउँसोको खान्की जंकफुड भएको छ । सधैंजसो तारेको भुटेको खाइएको छ । पाचनशक्ति कमजोर भएर हो । हजमोला खाएको छु ठिक भैहाल्छ’ भन्छन् । कोरोना हुनसक्छ भन्ने स्वीकार्न चाहदैनन् ।

समाजमा रहेका तेस्रो वर्गका मानिसहरू कोरोना पोजेटिभ भएपछिको बसाइसँग डराएका छन् । धेरैको घरमा कोठाहरू सँगसँगै हुन्छन् । एउटा मात्र ट्वाइलेट हुन्छ । ‘पोजेटिभ देखिए कहाँ बस्ने ? कसरी सुरक्षित राख्ने परिवारलाई ? बरु चेक नगरीकनै सामान्य उपचारमा सन्चो भए कता बस्ने चिन्ता पनि हुँदैन । सन्चो पनि भैहाल्छ । ’ यही सोचका कारण कोरोना प्रकोपले भयावह रूप लिएको छ।

बजारमा कतिपय क्लिनिकवालाहरूको पनि ठूलो कमाइ छ यसबेला । ज्वरो आएका सबै बिरामीको टाइफाइड चेक हुन्छ क्लिनिकमा । उनीहरूको क्लिनिकमा कोरोना परिक्षण हुँदैन । त्यसैले विभिन्न किसिमका रगत परिक्षण गराएर आम्दानी गरेका छन् क्लिनिकवालाहरूले । डाक्टरको भनाइ अनुसार कोरोना भएका विरामीमा टाइफाइड देखिन्छ । कोभिड चेक नगरी मलाई त टाइफाइड देखियो भन्दै टाइफाइडको औषधि खाएर लखरलखर हिँड्नेहरूले अरूलाई पनि कोभिड सार्छन् । आपूm पनि जटिल अवस्थामा पुग्छन् । अन्तिम अवस्थामा आएर कोभिड परिक्षण गराउँदा निकै ढिलो भैसकेको हुन्छ । जसले गर्दा उनीहरू मृत्युको मुखमा परिरहेका छन् । पछिल्लो मृत्युदर बढ्नुका धेरै कारणहरू यिनै हुन् ।

अहिले बाँकेको अवस्था चिन्ताजनक छ । बिरामीको चाप बढ्दै जाँदा कोभिडका विशेष अस्पताल भरिभराउ छन्। अस्पतालमा सबै बिरामीले बेड पाइरहेका छैनन् । अक्सिजनको अभावमा धेरै बिरामी जोखिममा छन् । आफ्नो ज्यान जोखिममा पारेरै भए पनि नर्स र डाक्टरहरूले उपचार गरिरहेका छन् । कोभिड व्यवस्थापनका लागि अस्पताल र जनप्रतिनिधि लगायत सिंगो टिम लागिरहेको छ । संक्रमणको दर दिनहुँ बढ्दै गएकाले व्यवस्थापन गर्न गाह्रो छ । अक्सिजन सहितका नयाँ आइसोलेसन सेन्टरहरू तयार भैरहेका छन् ।  

बाँके जिल्लामा लकडाउन घोषणा गरिएको छ । कोरोनाको चेन बे्रक तोड्नका लागि निकै प्रयासरत छ बाँके।

सीमानाकामा कडाइ गर्नु पहिलो अनिवार्यता बनेको छ यतिबेला । भारतबाट आएका नागरिकहरूले अनिवार्य सेल्फ क्वारेन्टिनमा बसिदिन जरुरी छ । लक्षण देखिए सुरुमै कोभिड परिक्षण गर्नुपर्छ । मानिसहरू काम नपरी घरबाट बाहिर निस्किनु हुँदैन । सम्पकविना कोरोना आपैm सर्न सक्दैन । त्यसैले हामी सबै मिलेर कोरोनाको चेन बे्रकलाई तोड्न सक्नुपर्छ । सबै मिलेर मात्र हामी गर्न सक्षम हुन्छौं। 

बजारमा विभिन्न हल्ला फैलिएका  छन् । कोरोनाका बिरामी सबै जटिल प्रकृतिका हुँदैनन् । सबैलाई अस्पतालको आवश्यकता पनि पर्दैन । घरेलु उपचार गरेर पनि निको हुन सकिन्छ । त्यसैले सुरक्षित भएर घरमा बस्नुपर्छ । नियमित झोलिलो पदार्थमा जोड दिनुपर्छ । आवश्यकता अनुसार डाक्टरको सल्लाहमा औषधि सेवन गर्नुपर्छ । सही सूचना प्राप्त गर्नुपर्छ । अनावश्यक बजारहल्लाको पछाडि लाग्दा तनाव उत्पन्न हुन्छ । त्यसैले आफू पनि बाँचौं र अरूलाई पनि बचाऔं ।

प्रकाशित: १८ वैशाख २०७८ ०२:३७ शनिबार

अक्षर