कला

अभिनेता अमन बर्मालाई मातृशोक, मृत्यु भएको १२ मिनटपछि पुग्दाको ग्लानी

भारतका चर्चित अभिनेता तथा टेलिभिजन प्रस्तोता अमन बर्मालाई मातृशोक परेकाे छ। उनकाे आमाको मृत्यु भएकाे ९ दिनमा उनले आफ्नो आमाको शोकप्रति केही बालेका छन्। उनको आमाको मृत्यु कोरोनाकै कारण भयो । घरको बाथरुममा लडेको २ दिनपछि उनलाई अस्पताल पुर्याइएको थियो जहाँ उनको पिसिआर परीक्षण गरिएको थियो। परीक्षण पोजेटिभ आए पश्चात् उनलाई नोएडाको अस्पतालमा भर्ना गरिएको थियो।  

लगातार ५ दिनसम्म उनको आमाको शरीरमा अक्सिजनको कमी आएको पनि उनले उल्लेख गरेका छन्। उनको माताको अन्तिम समयको खबर आएपछि अभिनेता भेट्न पुगेका थिए तर उनी १२ मिनेट ढिला भए। उनले सामाजिक सञ्जालमा आफ्नो आमाको निधनबारे जानकारी दिएका थिए। उनले १२ मिनेटले गर्दा आप्mनो आमासंग भेट नभएको पीडा जीवनभर नभुल्ने हिन्दुस्तान टाईम्समा अन्तर्वार्ता दिने क्रममा बताए छन्।  

अभिनेताले बागवान, सङघर्ष, अन्दाज जस्ता कैयौ बलिउड चलचित्रमा आफ्नो रोल निर्वाहा गरेका छन्। उनले यस कोरोनाकालमा फोन तथा मेसेजमा मात्र श्रदाञ्जली दिन आग्रह गरेका छन्। 

प्रकाशित: १४ वैशाख २०७८ १०:३२ मंगलबार