रामकुमार श्रेष्ठ ‘फुच्चे’
बाँचे भने फर्की आउँछु दुखसुख झेल प्यारी,
के गर्छौ त यस्तै रै छ नियतिको खेल प्यारी।
परदेशीले माया मार्यो भन्दै होलान् बाबाआमा,
खान–लाउन पुर्याए है दुई दिन बाँचुञ्जेल प्यारी।
बुढाभाका बाआमालाई भिरपाखामा नपठाउनू ,
बर्खा लाग्यो बढे होलान् खोलानाला भेल प्यारी।
चाड आउँदा खड्किएको अभावलाई सोच्यौ भने,
सुध्रनेछ एकदिन घरको पक्कै तालमेल प्यारी।
विदेश हो कस्लाई के था काठको बाकस फक्र्यो भने,
के गरेर पुर्याउली र खै चामल, नुनतेल प्यारी।
प्रकाशित: ९ वैशाख २०७८ ११:४८ बिहीबार