कला

कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका ५ जनालाई कोरोना संक्रमण

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ। श्रेष्ठसहित उनको परिवारका पाँच जना सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको हो।  

श्रेष्ठले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलगायत छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना पोजेटिभ देखिएको बताएका छन्। उनले संक्रमण देखिएपछि सास्ती हुने बताएका छन्। साथै यसलाई खेलाँची पनि नठान्न सबैलाई आग्रह सोत गरेका छन्।  

कलाकार श्रेष्ठकाे आज ७१ औं जन्मदिन हाे। श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा शुभकामना दिने सबैलाई धन्यवाद पनि दिएका छन्।

प्रकाशित: ६ वैशाख २०७८ १२:४५ सोमबार

कोरोना संक्रमण कलाकार मदनकृष्ण श्रेष्ठ