कला

विगतहरू

कविता

केशवप्रसाद पौडेल

 

लतारिएको यात्रामा

घिसारिँदै हिँडेको मान्छे

तन्किदै –तन्किदै

थेचारिएको मान्छे

उकालोमा सफलताले

ओरालै लात मारेको मान्छे

हुन्छ र हेर्छ भगवान्ले भन्थे

सधैं

फेदबाटै हेरेको हेरेकै मान्छे

सधैं भुईबाटै चियाएर आकाश

छेडेको मान्छे

सूर्यमा घर बनाएर मजाले  

रमाएको मान्छे

हो  

सुख धेरै नखोज्नु भन्दै

तर,

दुःखले कहिलै नछोडेको मान्छे

दुःख नै प्यारो आफन्त बनाएको मान्छे

आँसु ढिकाले गाला कति भिजे था छैन

कति ओठ सुके था छैन

दुखियाले सुख खोज्नु नै

सुख नपाउने गरी दुख भोगेको मान्छे अनि

दुखको सिँढी चढेर बल्र्याङ्ङ

फेरि जरैमा पुगेर लडेको मान्छे

आहा भनेर रमाउनुपर्ने

फेरि त्यसैमा दुख मानेको मान्छे  

त्यसैमा चिन्ता गरेको मान्छे।

प्रकाशित: ५ वैशाख २०७८ ०८:२२ आइतबार

अक्षर