कला

नववर्ष

कविता

सोनाम सज्जन किराती

 

एउटा रातले सुताएर गएपछि

सूर्य किरणले उठाएर गएपछि  

म बेसुरको तालमा हराएर

मेरा धुनहरूले उसलाई  बिझाएपछि

उस्को पराजय निश्चित बनेछ

उस्को सम्भावना चुटिएर बर्बाद भएछ

र त बेवकुफी यात्रामा सिनोझै गनाएपछि

घाउहरू निको भएनन्

सपनाहरू फर्केर रहन सकेनन्

नयाँ वर्ष तिमीलाई हराएपछि

सुनाएर फेरि पुरानै दिलहरूमा

पसेर बस्ने कुनै नयाँ प्रोजेक्ट नपाएपछि

मैले व्यर्थै आकांक्षाहरू

समयको वेगमा रोपिदिए

पुरानो वर्षलाई बिदाई नयाँलाई स्वागत छ।

प्रकाशित: ४ वैशाख २०७८ ११:२४ शनिबार

अक्षर