कला

भनाइ

लघुकथा

लता केसी 

 

‘उफ...!  कस्तो धपक्कै बलेको , भदौको दिन , आँगनमै सूर्य बसेजस्तो’ गाउँभरिकी जेठीबाठी मानिने  बजै कराउँदै काइलीको घर पसिन्। पिँढीमा थ्याच्च बसिन्। 

–भित्रै आउनू न बजै , मोही पार्दै थिएँ। केही सम्झेजस्तो गरेर उसले सोधी –  ‘के कामले आउनुभयो बजै कुन्नि ? केही पो थियो कि भन्दै एक गिलास मोही हातमा थमाइदिई।

‘के खोज्छस् काना , आँखो भनेझैँ भयो। घटघट  मोही पिइन्। आँतै रसिलो भयो।  गर्मीमा गुन लगाइस् काइँली ! म यसो खुट्टो तन्काउन परतिर पुगेकी थिएँ , तिम्रा डाम्नाहरू किन कराए भनेर हकार्न पसेँ नि!  लु हिडेँ।

मोहीको स्वाद जिब्रोमा झुन्डिएर होला उनी दिनहुँ बहाना बनाउँदै  काइँलीको घर छिर्न थालिन्। छोरो धनेलाई भने उनको यो चाला मन परेको थिएन। एकदिन सबै मोही अन्तै पुर्‍याउनुपर्यो। हकै लाग्ने गरेर उनी  कराउन थालिन् – म डाँडापारिकी जूनजस्ती बुढीलाई  जाबो एक गिलास  मोही  दिन पनि गारो मान्यौ है ? आमाछोरा नै  अनेकौँ बहाना पो बनाउन थाले।

धनेले व्यंग्यमिश्रित मुस्कानसहित भन्यो – जाबो मोही ? हेर्दा त सेतो तुर्को तर त्यसै बन्छ नि त्यो जाबो मोही है बज्यै ?

प्रकाशित: ३ वैशाख २०७८ ०७:४२ शुक्रबार

अक्षर