कला

गाउँले परिवेशमा हुर्किएको प्रेम कहानीमा आधारित 'माइली'

दुई प्रेमिल जोडीको रोमान्टिक प्रेम कहानीमा आधारित म्युजिक भिडियो ‘माइली’ भर्खरै मात्र सार्वजनिक भएको छ। गाउँले परिवेश, त्यसमाथि पनि घरपरिवारले नस्वीकार्ने हो कि भन्ने डरै डरका बीच हुर्किएको माया।... यस्तै घटनाक्रमसँगै गुज्रिएको उनीहरुको प्रेमयात्रामा कयौं वाधा अड्चनहरु आउँछन्, समाज तगारो बनेर उभिन्छ। अविचलित भई गरेको संघर्षले मायामा सार्थकता पाउँछ।  

यो गीत युट्युव च्यानल वाइड नेपालबाट सार्वजनिक भएको हो। गीतमा कमला अधिकारी र सित्तल भेट बस्यालको स्वर रहेको छ भने शब्द संकलन प्रकाश सिग्देलले गरेका हुन्। रिचा थापा र सुमित थापाको मुख्य भूमिका रहेको यस म्युजिक भिडियोमा अन्य कलाकारहरुको पनि जोडदार अभिनय रहेको छ। साथै अनु कार्कीको कथा तथा परिकल्पनालाई रा सिवले निर्देशन गरेका छन्। 

शिक्षण पेशामा आबद्ध कमला अधिकारी गायनसँगै लेखन कार्यमा पनि सक्रिय छन्। उनको पहिलो गीति एल्बम मुनाले पनि दर्शक श्रोताहरुको राम्रो माया पाएको छ। गायक सित्तल भेट बस्याल एक सफल संगीतकर्मी हुन् र लामो समयदेखि व्यावसायिक पत्रकारितामा लाग्दै आएका छन्।

प्रकाशित: ३ वैशाख २०७८ ०७:२५ शुक्रबार