कला

सेलाएको सयपत्री

लघुकथा

ममता मृदुल

यसपालि भाइटिकाको लागि जसरी भए पनि आउँछु भनेर दिपकले भनेपछि घरमा खुशीयाली छायो । ऑगनमा ढकमक्क फूलेको सयपत्री टिपेर माला गॉस्ने , घरऑगनको सरसफाइ र तिहारको लागि आवश्यक सरसामान किन्ने काम बडो उत्साहले भयो।

आज दिपक आउने भएकाले चार बजे नै घरका परिवार सबै जना एयरपोर्ट जान हिँडे । समयमै जहाज आयो। दिपक आएन । फोन गर्दा स्वीचअफ आइरहयो । कसैगरी दिपकको खबर थाहा भएन। सॉझको समाचारमा दिपकको सुतेकै ठॉउमा मृत्यु भएको समाचार आयो । केही दिनपछि लास आयो। दिपकको अनुहार नचिनिने थियो। उस्ले कमाएको पैसा सामान केही आएन। त्योभन्दा बढी घरभरि शोक व्याप्त थियो।

भाइटिका सकिएको दशौं दिनमा दिपक एक्कसि घर आइपुग्यो। उसले आफनो सामान र पैसा चोरी भएको सुनायो।

त्यसो भए हामीले कस्लाई सेलायौ , थाहा हुन सकेन। हामीले सेलाएको सयपत्री फूल कस्को घरको थियो । हामीले थाहा नपाइकनै सेलाएछौ।

प्रकाशित: ३१ चैत्र २०७७ ०५:३७ मंगलबार

अक्षर