कला

समाचार

लघुकथा

शुभ शर्मा

धर्मकर्ममा असाध्यै रुचि राख्थे हाम्रा घरका वृद्धाहरू,  निराहार व्रत बस्थे ।  व्रत बस्नुको म कारण सोध्थें । उमेरसँगै म  कसैलाई मन पराउन थालेकी थिएँ । उसकै लागि भनेर प्रायः शिवको व्रत बस्न थालेँ ।

एकदिन म  नजिकैको डान्सवार गएकी थिएँ  । बस्न नपाउँदै  आमाले गाली गर्दै पाखुरामा समातेर तान्नुभयो । उहाँका कुरामा मलाई असाध्य रिस उठ्यो र जवाफ फर्काएँ – हजुरहरूको जमाना जस्तो हो र ? धेरै जनाको अनुहार हेर्न मन्दिरमा होइन यस्तै ठाउँमा पाइन्छ आजभोलि । मेरा कुराले उहाँ टाउकोमा हात राखेर थचक्क बस्नुभयो। अल्लिपर हातको बियर ग्लास टेबुलमा राखेर कसैले मोबाइल खेलाइरहेको थियो । मैले जवानीमा यस्तै हो भन्ने ठानेर वास्ता गरिन। आमासँगै घर फर्किएँ।

भोलि बिहानै आमाछोरी समाचार हेर्दै थियौं। मुख्य समाचार भनेर लेखिएको थियो– नारी स्वतन्त्रताले हद पार गर्यो । नशाको तालमा साँझ डान्सवारमा भेटिन्छन् महिलाहरू ! साथमा टाउकोमा हात लगाएर भुईंमा बस्नुभएको मेरी आमाको तस्बिर देखाइएको थियो।

प्रकाशित: ३० चैत्र २०७७ ०७:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App