कला

तथास्तु

कविता

     ईश्वरी कार्की वर्षा 

 

ठूलो उत्साहका साथ  

मान्छे जान्छ मन्दिर    

छामछुम पार्छ गोजी  

चढाउँछ

दुईचार ओटा  

चानचुने पैसा  

 

चिम्लेर आँखा  

मनमनै  पुकारा  गर्छ

करोडौंको ठेक्का  

मेरै नाममा पारिदिनुहोस् प्रभु !

सँगैको साथी  

अनभिज्ञ रहे पनि

भगवानबाट छिप्दैन उसको

चतुर्याइँ !

अन्त्यमा  

मुसुक्क मुस्कुराएका  

भगवान्  

तथास्तु भन्नै भुल्छन !

प्रकाशित: ३० चैत्र २०७७ ०१:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App