कला

कोग्ल्याँटो

लघुकथा

वीरबहादुर आफ्नो कर्तव्यमा अनुशासित कर्मचारी हुन् । घरजत्तिकै प्यारो कार्यालयलाई पनि गर्छन् । पन्ध्र वर्ष एकै पदमा काम गरेकाले जिम्मेवारीपूर्ण र कौशलले काम गर्ने बानी बसिसकेको छ । संगै काम गर्ने साथीहरू उनीसंग खुशी भने छैनन् । कुनाकाप्चा, चमेनाघरतिर एक्लै पारेर भन्छन् –चाहिनेभन्दा बढी तपाईको इमानदारिताले हामीलाई पो पोल्छ । यो  काम लाग्दैन । जहानपरिवारको आँसु पनि लाग्छ । संगैकाले महल ठड्याए । अक्कडो नबन्नुस्, हामीले भनेको माने सुख पाइन्छ।

उनी पनि आफ्नो डेग छाड्दैनन्  र जवाफ फर्काइहाल्छन्– सोच र बुद्धिलाई सौन्दर्य र सम्पत्ति सम्झेमा हामी सधैँ सुखी र खुशी बन्छौँ । यस्ता उस्ता कुरामा म लाग्दिन । काँधमा जिम्मेवारी  बोकिसकेपछि इमान बेच्दिन ।  नबिराउनु नडराउनु पनि भन्छन् , खै त मैले कसैलाई यसरी कुनाकन्तुरतिर छोप्नु परेको छैन।

एकदिन हाकिमले क्वाटरमा डाकेर क्वाटरले सेवा गरिसकेपछि उस्तै कुरा गरेका थिए । वीरबहादुरले पनि आफ्नो बनिबनाउ उत्तर दिएका थिए । हाकिम निकै खुशी भएर स्याबासी दिए । लगत्तै वीरबहादुरको सरुवा दुर्गामतिर भयो।

प्रकाशित: २६ चैत्र २०७७ ०७:२५ बिहीबार

अक्षर