कला

थुक्दै चाट्दै गर्नेको जमात पनि देखियो

गजल

थुक्दै चाट्दै गर्नेको जमात पनि देखियो,

अघिपछि भुस्याहा कुकुरको खात पनि देखियो।

 

के पो भएन र मति छाडेपछि यो देशमा,

हेर कलि निर्वस्त्र नाच्नेको जात पनि देखियो।

 

परोपकारी, उद्धारवाली पनि नभएका होइनन्,

तारासँग जूनकिरीको प्रभात पनि देखियो।

 

त्यसो गर्नु हुँदैन, त्यसो गर्नु अपराध हो भन्दै,

अपराध गर्ने अगुवाको रात पनि देखियो।

प्रकाशित: २५ चैत्र २०७७ ०४:१५ बुधबार

अक्षर