कला

अभिनेत्री किरण खेरलाई ब्लड क्यान्सर

बलिउडकी बरिष्ठ अभिनेत्री एवम् भाजपाकी सांसद किरण खेर ब्लड क्यान्सर रोगबाट पीडित भएकी छन्। जुन राेगलाई 'मल्टीपल मायलो'मा पनि भन्ने गरिन्छ। 

६८ वर्षीया अभिनेत्रीको मुम्बईमा उपचार भइरहेको छ। चन्डीगढका बीजेपी अध्यक्ष अरुणले उक्त जानकारी भारतीय सञ्चार माध्यमलाई दिएका छन्। उनका अनुसार किरणलाई गत वर्ष नोभेम्बरमा यो रोग पत्ता लागेको थियो।

अरुण सूदले भनेका छन्, गत वर्ष नोभेम्बर ११ मा किरणको बाँया हात भाचिँएको थियो। त्यस लगत्तै चंडीगढको पोस्ट ग्रेजुएट इंस्टिट्यूट अफ मेडिकल एजुकेशन एण्ड रिसर्च (पीजीआईएमईआर) मा उपचारका क्रममा उनलाई मल्टिपल मायलोमा भएको पत्ता लागेको थियो।  

किरण खेरले २०१४ मा पहिलो लोकसभा चुनाव लडेकी थिईन्। उनले कांग्रेसका पवन बन्सल र आम आदमी पार्टीका गुल पनागलाई हराउँदै जितेकी थिईन्। २०१९मा पवन बन्साललाई हराएर उनी फेरि लोकसभा सांसद निर्वाचित भइन्।  

किरणले १९८३ मा पंजाबी फिल्म 'आसरा प्यार दा' बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन। बलिउडमा उनको पहिलो चलचित्र 'पेस्तोंजी' थियो। उनले पहिलो पटक हिन्दी चलचित्र 'सरदरी बेगम' बाट राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेकी थिईन्।  

किरणको पहिलो विवाह मुम्बईस्थित व्यवसायी गौतम ब्यारीसँग भएको थियो जससँग उनका एक छोरा अलेक्ज्याण्डर छन्। पछि उनी अभिनेता अनुपम खेरसँग नजिक भए र ब्यारीसँग सम्बन्धविच्छेद गरेकी थिईन। र अनुपमसँग विवाह गरेकी थिईन्।

प्रकाशित: १९ चैत्र २०७७ ०७:२० बिहीबार

अभिनेत्री किरण खेर ब्लड क्यान्सर