कला

इन्द्रधनु

बालकविता

पाताल छेडी उम्रियौ कि स्वर्ग हुँदै झर्‍यौ ,

धेरैपछि इन्द्रधनु आज देखापर्‍यौ।

 

नुहाएर सफा भई घाम ताप्न आउँछिन्,

डाँडापाखा, खोलानाला, हिमाल हेर्न पाउँछिन् ।

फूलसित पैँचो लिई जिउमा रङ्ग भर्‍यौ,

धेरैपछि इन्द्रधनु आज देखापर्‍यौ।

 

आकाशमा देखापर्दा सप्तरङ्गी धर्को ,

खुसी हुँदै बादलुले ओडाउँछ बर्को ।

घामपानीको मौका छोपी बल्ल साइत गर्‍यौ ,

धेरैपछि इन्द्रधनु आज देखापर्‍यौ ।

प्रकाशित: १३ चैत्र २०७७ ०६:०४ शुक्रबार

अक्षर