कला

सामाजिक परिवर्तन र उत्पादन

उत्पादनका शक्तिहरू उत्पादनको एउटा रूप हो । यो उत्पादनको तरीकाको पनि एउटा रूप हो जसले मानिसको प्राकृतिक शक्तिहरूसँग सम्बन्ध प्रकट गर्दछ र यस कुरालाई पनि संकेत गर्दछ कि कुन शक्तिको उपयोग गरेर यो उत्पादन गर्न सकिन्छ । उत्पादनको यो अर्को रूप हो, उत्पादन गर्नमा मानिसहरूको आपसी सम्बन्ध के हो ? अथवा उत्पादन सम्बन्ध कुन किसिमको छ । मानिसले प्रकृतिसँग संघर्ष गर्दछ र प्रकृतिलाई भौतिक वस्तुहरू उत्पादन गर्न प्रयोगमा ल्याउँछन् । तर, यो काम एक्लाएक्लै गर्न सकिन्न, मिलेर समूहमा गर्दछ । यसकारण उत्पादन हरेक अवस्थामा एउटा सामाजिक उत्पादन हो ।  

यस उत्पादनको दौरान मानिस एक अर्कोसँग सम्बन्ध स्थापित गर्दछ । यदि उत्पादन लुट खसोट भएन भने यो सम्बन्ध आपसमा सम्झौताको आधारमा हुने गर्छ ।

यदि यो लुट खसोटमा आधारित छ भने त यो सम्बन्ध मालिक र नोकरको हुने गर्छ । उत्पादन सम्बन्धको कुनै पनि रूप किन नहोस्, यो उत्पादनको त्यतिकै आवश्यक अंग हो जति कि  उत्पादनका शक्तिहरू ।

यसकारण जब हामी उत्पादनको तरीकाको कुरा गर्दछौं त यसको अर्थ उत्पादन सम्बन्ध अथवा उत्पादन शक्तिहरू दुवै नै हुन्छ । उत्पादनको यो पहिलो लक्षण हो कि त्यो एक स्थानमा धेरै समयसम्म अपरिवर्तनीय रहँदैन, त्यो सधै बदलिरहन्छ र उन्नति गर्दै रहन्छ । यसकारण उत्पादनको तरीकामा परिवर्तनको प्रभाव हाम्रो विचार, राजनैतिक मान्यताहरू र सामाजिक धारणाहरू अथवा कार्यमा परिरहन्छ । उत्पादनको बदलिएको तरिकाको साथै त्यस सामाजिक ढांचामा पनि परिवर्तन आउने गर्छ । सामाजिक परिवर्तनको अलगअलग अवस्थामा मानिस उत्पादनको अलग तरीकाको उपयोग गर्दछन् ।

वास्तवमा समाजमा जस्तो उत्पादनको तरीका हुन्छ, त्यस्तै किसिमको समाज बन्दछ र त्यसै अनुसार विचार, सिद्धान्त र सामाजिक धारणाहरू जन्मिन्छन् । यसको अर्थ हो समाजको उन्नतिको इतिहास उत्पादनको तरीकाको इतिहास हो जो कैयौं वर्षदेखि एक अर्कापछि जन्मिने गर्छ । यो उत्पादनको शक्तिहरू र उत्पादनको क्रममा मानिसको आपसी सम्बन्धको इतिहास हो । यसप्रकार सामाजिक विकासको इतिहास ती श्रमजीवीहरूको पनि इतिहास हो जसले भौतिक वस्तुहरू उत्पादन गर्दछ ।    ती श्रमजीवीहरू उत्पादनको सबभन्दा ठूलो शक्ति हुन्, जसले आफ्नो श्रमबाट समाजलाई अगाडि बढाउँछन् ।    

यसकारण इतिहासलाई यदि विज्ञान बनाउनु छ भने यसलाई राजाहरू, महापुरुषहरू अथवा योद्धाहरूको कार्यसम्म मात्र सीमित राख्नु हुँदैन। बरु यसलाई भौतिक वस्तु उत्पादन गर्ने, श्रमजीवीको र आम मानिसको इतिहास बनाउनुपर्छ । यसकारण पहिलो काम भनेको उत्पादनको नियम बुझ्नुपर्छ, उत्पादक  शक्तिहरू र उत्पादन सम्बन्ध र समाजको आर्थिक विकासको नियमलाई स्वीकार्नु पर्दछ । उत्पादनको अर्को लक्षण हो, त्यसमा परिवर्तन र विकास, उत्पादन शक्तिहरू र सबभन्दा पहिले उत्पादनको औजारको विकासबाट हुन्छ । यसकारण उत्पादक शक्तिहरू, उत्पादनको सबैभन्दा क्रान्तिकारी अंग हुन्छ । पहिले समाजमा उत्पादक शक्तिहरू बदलिन्छ र पछि त्यसको आधारमा उत्पादन सम्बन्ध बदलिन्छ ।

यदि उत्पादक शक्तिहरूको विकासको अनुकूल उत्पादन सम्बन्ध बदलिँदैन भने सामाजिक व्यवस्थामा संकट आउँछ । सामाजिक परिवर्तनको जग उत्पादक शक्तिहरू हुन् ।

उत्पादनका साधनहरूको उन्नतिबाट उत्पादन गर्ने मानिसको सामाजिक र राजनैतिक विचार बदलिन्छ । जब पुरानो उत्पादन सम्बन्ध, यी शक्तिहरूका विकासमा अवरोध बन्दछ त यी शक्तिहरू ती सम्बन्धलाई तोडेर अगाडि बढ्दछ । यदि उत्पादन सम्बन्ध बदलिँदैन भने त समाज गहिरो संकटको शिकार बन्दछ । आज पूँजीवादी समाजको संकट पनि यसै संघर्षको परिणाम हो । समाजवादी व्यवस्थामा उत्पादन सम्बन्ध शक्तिहरूको विकासमा कसैले बाधा पुरयाउँदैन।

यसकारण समाजवादी समाजमा कहिल्यै संकटको नाम सुन्न पाइँदैन । साथै समाजवादी समाज विकासको गति पनि पूंजीवादी समाजभन्दा निकै धेरै हुन्छ । यसमा कुनै शंका छैन कि उत्पादनको सम्बन्ध सजिलैसँग बदलिँदैन । तिनीहरू धेरै समयसम्म उत्पादक शक्तिहरूका विकासको गतिलाई पनि कम बनाउँछ । खास गरी त्यस समय जब उत्पादन गर्ने श्रमजीवीले आफ्नो दायित्वको चेतना ग्रहण गर्न नसकेको अवस्थामा मात्र त्यस्तो हुने गर्छ । तर, जब पनि उत्पादन यी श्रमजीवीहरूको हृदयमा उत्पादक शक्तिहरूको विकासमा अवरोध अनुभव उत्पन्न हुन्छ र यो पुरानो उत्पादन सम्बन्धलाई तोडेर नयाँ सम्बन्ध कायम गर्दछ ।

यसै प्रक्रियालाई सामाजिक क्रान्ति भनिन्छ । यदि हामी इतिहासलाई हेर्दछौं भने थाहा पाउनेछौं कि समाजको उत्पादन शक्तिहरूमा परिवर्तनका साथसाथै उत्पादन सम्बन्ध पनि बदलिरहन्छ।

इतिहासमा मुख्य रूपबाट यिनै सम्बन्धको कुरा आउँदछ । यसलाई राम्ररी बुझ्न हामीले समाजको विकासलाई बुझ्नुपर्दछ ।  

प्रकाशित: १३ चैत्र २०७७ ०५:१४ शुक्रबार

अक्षर