कला

झुकी आफू झुकाउनू पराईको शिर

मुक्तक

१) झुकी आफू झुकाउनू पराईको शिर ,

जम्ला हात गरीगरी पुगी उही नीर ।

अरूलाई नमस्कार सम्मानका लागि,

कप्टीलाई बन्छ त्यही मुटु घोच्ने झीर ।

 

२) एक फाँको मन तिमीलाई प्यारा जतनले साँचे है,

त्यो अर्को फाँको म आफैँ राख्छु सुस्तरी छामे है।

उमार्नुपर्छ सपार्नुपर्छ मनको फसल,

यो देह खेत सम्याई प्यारा ब्याड राम्रो  राखे है।

 

३) कारक छन् कतिकति हृदय त्यो पोल्ने,

जाऊ कोही प्यार लिई शीतद्वार खोल्ने ।

दुःख सारा हर्न सक्ने हिम्मत छ जसको,

शब्दादिले हैन प्यारा हृदय हो बोल्ने।

 

४) देहमा बिहान आयो तिम्रो मनमा आएन,  

 बाहिर चरीले गायो तिम्रो कानमा गाएन ।

दिल चढाएर पूजा मन अर्पेर स्तुति गरेँ ,

खै कसोकसो त्यो दिलमा खुशी छाएन।

 

५) भित्र छियाछिया हुँदा नि बाहिरचाहिँ सग्लासग्लै हुँदा रैछ्न्,

लाखौंको भीडमा पनि प्रत्येक व्यक्ति एक्लाएक्लै हुँदा रैछन् ।

ईश्वरीय फार्म हाउसको प्राणी रहेछ मान्छे, सिद्दिनु त छँदै छ,

बुझ्दै छु हजुर म प्रत्येक व्यक्तिको पीडा बेग्लाबेग्लै हुँदा रैछ्न्।

प्रकाशित: १२ चैत्र २०७७ ०८:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App