कला

क्षणभंगुर जीवनको एउटा दृष्टि

कविता

अब छैन ऊसित

त्यसैले त खाएर जान पाउंछन् ।

बुझ, त्यो बाध्यता हो ।

ल्याउंछन् किनेर लाउनै नहुने,  

लगाइदिन्छन् तर देख्नै नपाउने,

बुझ,  

यो नियति हो ।

बाह्र वर्षसम्म ढुंग्रामा राखेको भन्छन् ।

सोझो भएन रे ।

बुझ,  

यो वंशानुगत हो ।

हरेकको जीवनमा केही न केही  

बाध्यता, नियति, वंशानुगत अनेक कुराहरू हुन्छन् ।

कुरा बुझेर हो कि नबुझेर,

किन सताउंछन् एकले अर्कालाई  

जसरीतसरी अरूलाई जित्नका लागि मात्र हो र मानवता  

जीवनदृष्टि बनाएर त हेर, एकपटक ।

क्षणभंगुर एउटा जीवन,

के नजली जिउन सकिन्न र !

प्रकाशित: १० चैत्र २०७७ ०६:२३ मंगलबार

अक्षर