कला

हाकिम

लघुकथा

नयाँ हाकिम आउने कुरा थियो । दुई बजे सबैजना मिलेर स्वागत गरियो ।  

हामी कार्यालयमा तीन जना महिला थियौ । सबैभन्दा सिनियर भएकाले म स्वागत गर्न बसे। केही बेरपछि आफ्नो कोठामा आएर कम्फ्युटर खोलेर काम गर्न थाले।

– जो आए पनि आफ्नो काम अरूले  गरिदिँदैनन्  , मनमनै सोचे। 

काम गरिसक्दा सात बज्यो । घर जाने तयारी गरेर बाहिर निस्के । बाहिर हाकिम बसेका रहेछन् । सर म जाऊँ भन्दै  बाहिर निस्के।

एक महिना बित्यो । हाकिम साब सधै गफमा व्यस्त देख्थे । सबै काम अश्विन र मैले गरेपछि अरूले गफ गर्न भियाउँथे। एक दिन कुरैकुरामा अश्विनले हाकिमको श्रीमती पनि जागिरे भएको सुनायो । दुइटा छोरा रहेछन् भनेपछि मैले थाहा पाएँ । अश्विन काम गरिरहेको छन् ।

मेरो कोठामा चम्पालाई बोलाउन पियन पठाए । चम्पा आइन् । काम अराएँ । म आज चाँडै घर जान्छु । यो काम गर भने । चम्पा केही नबोली बाहिर निस्किन्।

दश मिनेटपछि हाकिम सर मेरो कोठामा आउनुभयो । मैले सर आज चॉडै घर जानु छ । चम्पालाई काम गर भनेको केही नबोली गइन् । के गरूँ ! मैले प्रश्न गरे।

हाकिमले बिस्तारै भने– म्याम चम्पालाई सन्चो छैन । हजुरले सकेर जाँदा हुँदैन।

मैले रिसाउँदै भने – कहिले काम गरेको देखेकी छैन । आज काम परेर भनेकी हो । तलब खाएपछि काम गर्नुपरेन ।  

सर चूपचाप बसेको देखेर फेरि सोधे – म घर जाऊँ !

म्याम म के भनूँ, हजुर गएपछि चौपट हुन्छ । चम्पालाई कसरी काम लगाउनु,  बिरामी छिन् । 

मलाई रिस उठ्यो । चम्पा पनि आइन् । मैले चम्पालाई हप्काउँदै सोधे – के भएको छ ? काम गर्नुपर्दा बहाना बनाउने । चूपचाप काम गर ।

चम्पा डराई । बिस्तारै भनी– दिदी आजै गर्भपतन गराएर आएकी । मलाई धेरै गारो भएको छ। 

मैले छक्क परेर हाकिमको अनुहारमा हेरे ।

चम्पा अविवाहित केटी थिइन् ।  

प्रकाशित: ९ चैत्र २०७७ ०८:०४ सोमबार

अक्षर