कला

फिदिममा राजेशपायलको धमाका

पाँचथर सदरमुकाम फिदिममा प्रस्तुति राख्दै चर्चित गायक राजेशपायल राई तथा दर्शकहरु । तस्बिर : गिरिराज/नागरिक

राजेशपायल राई मञ्च पुग्दै गर्दा रात छिपिदै थियो। प्रतिक्षामा रहेका दर्शहरुले खुसीका साथ आवाजले साथ दिँदै थिए। ‘स्वर्गकी परी हाउ कि, पूर्णिमको जून’ नामको गीत गाउँदै राजेशपायल मञ्चमा देखा परे। जोेशिलो पाराले कन्सर्टमा गीत गाउँदै दर्शकलाई मनोरञ्जन दिने राजेशपायललाई नजिकबाट हेर्न पाएका दर्शक खुसी देखिन्थे।  

पाँचथर सदरमुकाम फिदिममा आयोजना गरेको सांगीत कार्यक्रममा राजेशपालयले धमाका मच्चाएका थिए। गीत गाँउदै आफू मात्र नाचेनन्, दर्शकहरुलाई समेत नचाए। रातको समयमा उल्लेख्य संख्यामा उपस्थित दर्शक नाच्दा फिदिम माविको खेलमैदानमा धुलोको साम्राज्य थियो।

राजेशपायलले ‘मायाले बाधेउकी’, ‘देम्सारो’ ‘नाई नभन्नु ल’ ‘मत मर्छु कि क्या हो ठुली’, ‘यानी माया’, ‘टलटल टल्किने’ जस्ता गीतहरु गाए। राजेशपायल यसअघि फिदिमामात्र नभई पाँचथरका गाउँ गाउँ पुगेर प्रस्तुति दिएका थिए। कोरोना भाइरसको प्रकोपपछि रोकिएका कन्सर्टहरु सुरु हुन थालेपछि विभिन्न गाउँबाट पनि सदरमुकाम फिदिममा दर्शकहरु आउने गरेका छन्। फिदिम माविको खेलमैदान भरिएका दर्शकहरुले राजेशपायललाई ‘वान्स मोर’ भनिरहेका थिए। निर्धारित समय सकिनै लाग्दा पनि दर्शकहरुले राजेशपायललाई गीत गाउनका लागि दर्शकहरुको अनुरोध आइरहेको थियो।

राजेशपायल भन्दा अगाडी प्रस्तुति राखेका भिषण राई, बादल लिम्बु, निमा तामाङले माहोल तताएका थिए। साँझबाट सुरु भएको कन्सर्टमा दर्शकको उल्लेख्य उपस्थिति थियो। विभिन्न संघ संस्था मिलेर सुनगाभा सांस्कृतिक कार्यक्रम आयोजना गरेका थिए।

प्रकाशित: ८ चैत्र २०७७ ०८:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App