दुईचार घन्टी बजेपछि बिजी आउने अनि,
समयमा भेटघाट हाम्रो हुन, छाडे पनि ।
सम्झना त आइरहने, जति भागे पनि,
अतितलाई सम्झीसम्झी, लेख्छु कथा अनि ।
रमाइलो दिन थियो, थिएन मनमा पीर,
नत कल नत भेट, यो मन छैन स्थिर ।
किन आजकल यस्तो भयो, थाहा पाइन मैले,
समयमै भेट हुन्थ्यो दिनदिनै जहिल्यै।
समयको अन्त्यतिर, कैले मेसेज आउने,
दुःख नदिऊँ भन्दा पनि, यो मन त्यतै धाउने ।
मेसेज पठाउन पनि, लाग्न थाल्यो डर,
टाढा हुँदै जानुभयो, आजकल परपर ।
राम्रो रहोस् सधैँ त्यता, दुःख नहोस् कहिल्यै,
सोचेका कुरा पूरा गरूँन् भगवानले जहिल्यै ।
यति भन्दै बिदा भएँ, नमान्नु है दुःख,
दुःख जति मैमा रहोस्, त्यता रहोस् सुख ।
प्रकाशित: ७ चैत्र २०७७ ०९:१४ शनिबार