कला

मुस्कान र टाकुरा

कविता

हिमालको हाँसो मुस्कान

बाँडिएर  

करोड सेकेन्ड

दिन हुँदै

अहिले

खास वर्षको  

अजीव कुनाभित्र

केही खुसीको  

उपहार दिएर

त्यत्ति  

इञ्जाममा रम्न

विवश म

कुनै बर्बादीको  

डिलनेर नहुत्तिएर

बचेखुचेको मेरो इच्छाहरू

बन्धकीमा गइरहेछन्

जस्को पातर

बैंसले लतपतिएर

अस्तित्वको दाउपेच

खुइल्याउन  बेजोड

घिउको घैला घोप्ट्याइरहेछन्  

जहाँ मालिङ्गोहरू

मिठो धुन निकालेर

बाँसुरीमा  बज्न प्रतिबन्धित

छन्  

अनि पनि

विनायोहरू छुप्दै बज्न खोज्छन्  

चुकको घैलो घोप्ट्याएर

त्यो मुठी उज्यालो छर्न

बाँचिरहनेछ  

मसामुन्ने

टाकुरामा उभिएको मुस्कान ।

प्रकाशित: ५ चैत्र २०७७ ०९:१६ बिहीबार

अक्षर