कला

'जातको प्रश्न' वर्ल्ड जस्टिस च्यालेञ्जको उत्कृष्ट ३० मा छनोट

टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ वर्ल्ड जस्टिस च्यालेञ्ज २०२१ को उत्कृष्ट ३०मा पर्न सफल भएको छ। समता फाउण्डेशनले निर्माण गरेको ‘जातको प्रश्न’ ‘वर्ल्ड जस्टिस च्यालेञ्ज २०२१ः एड्भान्सिङ द रूल अफ ल इन अ टाइम अफ क्राइसिस’ मा विश्वका १ सय१४ देशका ४ सय२५ कार्यक्रमबाट जातको प्रश्न उत्कृष्ट ३० मा छनोट भएको हो।  

कोरोना माहामारीको समयमा विधीको शासनको सुरक्षा र सम्बद्धन गर्ने असल अभ्यास तथा प्रभावकारी अभियान र नीतिको पहिचान, सम्मान र प्रवर्धन गर्नका लागि वर्ल्ड जस्टिस प्रोजेक्टले वार्षिक रूपमा यो विश्वव्यापी प्रतिस्पर्धा आयोजना गर्छ।

कोभिड १९ को  महामारीबीचमा समता फाउण्डेसनले टेलिभिजन कार्यक्रम जातको प्रश्न निर्माण गरेको हो। अभिनेता राजेश हमालले सञ्चालन गरेको 'जातको प्रश्न' कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको थियो।

जातको प्रश्नमा समाजमा जरा गाडेर बसेको एउटा विभेदलाई प्रष्ट रुपमा देखाइएको छ। जातकै कारण मारिएकाहरुको पिडालाई समेटिएको छ। जातीय विभेद र जातकै आधारमा हुने छुवाछूत विरूद्ध परिवार र समुदायस्तरमै संवाद होस् भन्ने उद्देश्यले निर्माण गरिएको कार्यक्रम हो। यसमा घटनाका पात्रहरु संग प्रत्यक्ष संवाद गरेर प्रसारण गरिन्छ।

प्रकाशित: २६ फाल्गुन २०७७ ०२:१७ बुधबार

'जातको प्रश्न' अभिनेता राजेश हमाल