कला

जनता र राष्ट्र

कथा

उच्च अध्ययन गर्न धेरै देशमा प्रयास गरिरहेका थिए रामकुमारले।  बुबालाई ‘चिता नगर्नुस बुबा । म जसरी पनि खर्च पुरयाउँछु ’ भन्दथे ।  उनी निम्न मध्यम परिवारको जेठो छोरा थिए । उनको   भाइ र  कान्छी बैनी थिए । बुबाको हैसियत बुझेको उनले सकेसम्म टियुसन पढाएर भए पनि आफ्नो पढाइ खर्च आफै जुटाउँदै आएका थिए । भाइ हरिकुमार पनि दाइबाट प्रभावित  थिए । उनी ‘दाइ मेरो पनि म आफै  खर्च जुटाउँछु ’ भन्दै प्रयत्नरत तिर  ।न उनीहरू  मिलेर बैनीको शिक्षादीक्षाको जिम्मा पनि लिएका हुनाले बुबा सन्तुष्ट थिए ।

अमेरिकामा छात्रवृत्ति  पाएर रामकुमार त्यता र भाइ  क्यानाडातिर लागे । विदेश पसेका दुवै भाइले आमाबुबा र बैनीलाई कुनै कुराको अभाव हुन दिएनन्  । आलोपालो जन्मभूमि  आउजाउ गरिरहन्थे। बुबाआमालाई सुविधा सम्पन्न घर बनाएका थिए।  केही वर्षअघि आएको महाभूकम्पले बुबाआमाको घर भत्त्कियो । फोनमा ‘बुबा सुर्ता नलिनुस् ।  हामी दुवै भाइ आउँदै छौ’ भनेर उनीहरू  बेलैमा पुगे पनि । गएर बस्ने ठाउँको व्यवस्था  गरिदिए ।

सर्वत्र देशभरिका जनताले रोग,   भोग, अभाव  र व्याध खप्नुपर्यो । संसारभरिबाट राहतको सहयोग आए पनि त्यो पीडित  जनतासम्म पुग्न सकेन । बर्सौ भैसक्दा पनि भूकम्पले सर्वसाधारणको  पुरयाएको क्षतिको पुनर्निर्माण  हुन सकेको छैन । रामकुमारका दाजुभाइले बुबाआमालाई  त्यसबेला पनि लागि केही कुराको अभाव हुन दिएनन्  । भत्किएको घरको पुननिर्मामाण गरे ।

यो पटक सात समुन्द्रपारि  अमेरिकाको टेक्सस भन्ने राज्यको एउटा शहरमा  स्थायी रूपले त्यहीको नागरिक भएर बसेको रामकुमारलाई  त्यस्तै प्राकृतिक प्रकोपको सिकार बन्न पर्यो । टेक्सस राज्य जहाँ  सधै जसो गर्मी हुन्छ । हिउँ  पर्दै पर्दैन ।तर  अविश्वसनीय रूपले  बाक्लो  हिउँ  परेर , शून्य डिग्री ताप हुन पुग्यो  ।  यस्तो प्रकोपको सामना नगरेको राज्यप्रशासन सयौं घन्टासम्म पनि  जनतालाई बिजुली बत्तीको सप्लाई दिन असमर्थ भयो ।धाराको पाइपहरू बरफद्वारा थिचिएर वितरण बन्द भयो ।  जाडो र हिउँले पसलहरू पूरा समय खुलेनन् ।

 सहयोगी हातहरूले टोलटोलमा हिउँ र जाडोको पर्वाह नगरीकन  खानेकुरा ,पानी वितरण गर्न थाले ।हिउँको थुप्रोले थिचेर ,हिमहावाले बजारेर धेरै घर भत्किए भने रुखले थिचेर र जाडोले कठाङ्गिएर धनजनको  नाश भयो ।  एकजना  नातेदार अर्को शहरमा त्यही प्रकोपको  सिकार बनेको खबर पाएर रामकुमार त्यता गएका बेला घरमा  सबै  धारा खुला रहेछन् । पानी आएपछि रातभरि सबै धाराबाट  पानी बगेर उनको पूरै  घर जलमग्न भएर  घर बस्न अयोग्य ,पूरा मर्मत गर्नुपर्ने भयो । सम्बधित  निकायबाट मान्छे निरीक्षण गर्न आयो।बिग्रेको घरको निरीक्षणपछि निशुल्क पूरा मर्मतका लागि दुई हप्ता समय र त्यो समय  निशुल्क  बस्नको लागि  केटाकेटी सहित उनीहरूको अनलाइन स्कुल , अफिसको काम गर्न सुविधायुक्त्त  होटेलको परिचयपत्र  जनतामाथि रास्ट्रको दायित्व पूरा गर्दै रामकुमारको हातमा थमाइदियो ।  

प्रकाशित: २४ फाल्गुन २०७७ ०६:३० सोमबार

अक्षर