कला

सपना

कथा

उहाँको पसलको काउन्टर रमेरो अफिसको टेबुल ठिक आम्नेसाम्ने थियो । फरियाचोलीमा चिटिक्क बनेर बस्ने साहुनी हसिँली हुनुहुन्थ्यो । उहाँका हसिँलो मुस्कान सिसाका बेराबाट अडियोबिनाको दृश्य स्पष्ट देखिन्थ्यो । शुरूशुरूमा कति हसिँली साहुनी जहिल्यै मुस्काइरहनेझैं  लाग्थ्यो । बिस्तारै चिनजान भयो । बोलचाल भयो । आउजाउ हुन थाल्यो । चिया खाजा सोधखोज हुन थाल्यो । साउजी प्रायः बाहिरै हुन्थे । एकदिन उहाँका कामदारहरूलाई खाजा भन्न जाँदा ..

– चिया खायौ । (भनेर सोध्नुभयोे)

– छैन ।  

– खान्छौ ?  

– एकछिनमा  ।

– मैले भनेको खान हुन्न ?  

– हुन्छ ।  

एकछिनमा चिया आयो । उहाँ मेरो टेबुलको अगाडिको कुर्सीमा बसिरहनुभएको थियो । चिया गफमा उहाँले मलाई फुक्याउनुभयो । म लजाएँ ।  

– छिः तिमी त केटीजस्तो ।  

मलाई उहाँका हँसिलो मुहार राम्रो लाग्थ्यो । गफको ब  बहानामा उहाँले मेरा हात सुम्सुमाउँदै हुनुहुन्थ्यो । म लाजले रातो भएँ ।  

– चिया कस्तो छ ? (उहाँले प्रसंग मोड्नुभयो)  

– आम्मा... मिठो ।  

– मेरो चिया खान्छौ ? (म अलमल्ल परें)

– खै त .... (उहाँले मेरो चिया तानेर खानुभयो । म जिल्ल परेर हेरिरहें ।)  

– मेरो खाँदैनौं ?  

किंकतव्यविमूढ भएर मैंले उहाँका आधी चिया खाएँ । उहाँले ग्लासमा लिपस्टिक भएको ठाउँ देखाउँदै –  

– यहाँ खाऊ !  

भन्नुभयो । म उहाँको आज्ञाकारी भएर उसै गरी खाएँ ।

सम्बन्ध चिया हुँदै खाजासम्म पुगिसकेको थियो । एकदिन उहाँका कामदारहरू छुट्टीमा थिए । एक्लै हुनुहुन्थ्यो । मेरो पनि लोडसेडिङले कम्प्यूटरमा काम थिएन । उहाँकोमा गएँ । उहाँ मोबाइलमा गीत सुन्दै हुनुहुन्थ्यो ।  

– के सुन्दै हजुर ।  

– पुरानो गीत । पुरानो गीतहरू कति राम्रा हुन्छन् है !  

– हो, पुराना मान्छे पनि राम्रा हुन्थे । हजुरजस्तै..।  

– तिमीलाई म राम्रो लाग्छ ?  

– हजुर यति राम्री त हुनुहुन्छ ।  

– मसँग विहा गर्छौ ?  

– हैट ! हजुर अति जिस्किने ।  

म त्यहाँबाट आएँ । त्यो पछि उहाँलाई हेर्न डर लाग्न थाल्यो । ठिक आम्नेसाम्ने नहेरूँभन्दा पनि नजरहरू उसै ठोकिजान्थे एकापसमा । उहाँ उस्तै हँसिली  अनि उहाँका उस्तै मुस्कान.. । म लुकीलुकी चिहाउँथे । उहाँसँग सिधा आँखा जुधाएर हेर्न सकेको थिइन । तर, उहाँलाई छिनछिनमा हेरिरहनुपर्ने बानी लागिसकेको रहेछ मलाई मेरा यी लोभी आँखाहरू मलाई नै झुक्याएर घरी..घरी...उहाँका मुस्कान चिहाइरहन्थे । दुईचार दिन यस्तै लुकिछिपी हेराहेरमा बित्यो । एकदिन फेरि उहाँ चियाको ग्लास लिएर आउनुभयो ।  

– चिया खान्छौ ?  

– हुन्छ ।  

– कि यही खान्छौ ।  

– हुन्छ ।  

– ल खाऊ । (तिमी कति ह्यान्डसम छौ । फेरि गुणगान... ।)

– के गर्दैछौ ?  

– लाइन भा‘को बेला अलिअलि काम गर्नुपरयो भनेर । के गर्नु हजुर जागिर नि बचाउनुप¥यो ।

उहाँ मेरो पछाडि आएर कम्प्यूटर हेर्ने बहानामा मेरो काँधमा हात राख्नुभयो । कान नजिकै आएर भन्नुभयो ।  

– तिमी त कति ट्यालेन्ट छौ ।  

उहाँका बोलीका तातो हावा मेरा कानमा स्पर्श गर्दै गए । म हिटरमा राखेजस्तै तातिदै थिएँ । उहाँका ताता स्तनहरूले मेरा काँधमा एक सुस्केरा सुस्ताए । बिलकुल लख तरान बटुवाले चौतारोमा बेर्पबाह एक बिसाउनी बिसाएझै ...!

साउनीसँगको सम्बन्ध दूबोजस्तो झ्याँगिदै थियो । उहाँ मोबाइल चलाउन नजानेको बहानामा मोबाइलमा नयाँ गीत र भिडियो राखी माग्न बाक्लो आउन थाल्नुभयो । उहाँका मोबाइलमा हरेक रिर्चाज राखिदिनुपर्ने डिउटी थापिएको थियो ।

 उहाँ मेरो अगाडिको टेबुलमा हात टेकाएर निहुरिनुहुन्थ्यो । त्यो बेला उहाँका सौन्दर्यका पहाडहरू ब्लाउजका सिमाना नाघेर फाल हान्न खोज्थे । म नजानिदो पारामा आँखाहरूले ती ठूल्ठूला पहाडका डाँडापाखा चाहर्थे । उहाँ ती पहाडहरूको मनमोहक प्राकृतिक सौन्दर्य नजानिदो पारामा मलाई झन्– झन् बढी झुल्याउन उद्दत हुनुहुन्थ्यो ।

एकदिन दिउँसो अचानक उपत्यका बन्द भयो । सडक सुनसान थियो । प्राय पसलहरू बन्द थिए । उहाँका कामदारहरू बन्दले आउन नसकेको फोन आयो । मल सुनसान थियो । हाम्रो ल्फोरमा  उहाँका पसल, मेरो अफिस अनि अलि कुनामा चिया पसल मात्र खुलेको थिए । बन्द भएकाले चिया पसलमा मान्छेको चहलपहल शून्य थियो ।  उहाँ मोबाइलमा गीत सुन्दै हुनुहुन्थ्यो । मैले यसो हेर्दा आँखाहरू जुधे । उहाँले आँखा झिम्क्याउनुभयो । म पनि के कम आँखा झिम्काउने दोहोरी एकछिन चल्यो । म कम्प्यूटरमा काम गर्दै थिएँ । झ्याप्प लाइन गयो । अफिसमा इन्भटरको बत्ती बालेर म उहाँकोतिर गएँ ।  

–खै के सुन्दैहुनुहुन्छ ?  

उहाँका कानको एउटा इयरफोन निकालेर सुने । “पुरानो हुदैन माया...” भन्ने गीत बजिरहेको थियो । काउन्टरमा हात राखेर कुर्सीमा बसिरहनुभएको उहाँलाई हेर्दा श्रीअन्तुबाट झुल्किदै गरेका घाम जस्ता वक्षहरू ... ब्लाउजका क्षितिजमुनिबाट पूर्ण जन्मिन हतारिएका कलिला घाम जस्ता मनमोहक देखिदै थिए । मेरा आँखाहरूको निसाना छलाउँदै फरियाको फेरले ढाक्नुभयो र भन्नुभयो ।

– छिः तिमी त ! कस्तो मात्तेको ।  

(म पनि उहाँको लक्ष्यार्थ प्रहारको सामानामा राम्रो दीक्षित भैसकेको थिएँ र भने – छोपिएको रहस्य लुकीचोरी हेर्नुको मज्जै छुट्टै ।

– तिमी यस्तो चालु कहिलेबाट ?

– हजुरको दीक्षाले हो हजुर... ।

– तिमी त चण्डाल भै‘छौ ।  

भनेर मेरो गालामा उहाँका नरम हातले मुसार्नुभयो । अनि मेरा दाहिने हातमा दुवै हातले समाएर एकछिन टोलाउनुभयो । उहाँको बढ्दै गरेको भोल्टेज मैंले ताता हातहरूबाट महसुस गर्दै थिएँ ।  

– हजुर जवानीमा कस्तो हुनुहुन्थ्यो होला ? (मैले प्रसंग मोडे)

– खै जवानीको महसुस गर्नै पाइएन । सानैमा बाउले विहा गर्दिए । एकदिन लिम्बूनीहरूको साथले धान नाचेको बाउले थाहा पाए र नाम्लै नाम्लाले हिर्काएर झन्डै मारे ।

– हजुर त अहिले नि निकै राम्री हुनुहुन्छ । (मैले पनि फुक्र्याइदिएँ ।)  

– मसँग लभ गर्छौ ?  

– हैट ! हजुर त ।  

– मलाई तिमी साह्रै राम्रो लाग्छ ।  सधैं   हेरिरहन्छु । तिमी कति ट्यालेन्ट छौ । कहिले त एकपल्ट नि हेर्दैनौ । कस्तो छौ के तिमी त । तिम्रो हातमा किस गरूँ ?  

भन्दा नभन्दा उहाँले मेरा हातमा किस गर्न भ्याइसक्नुभएको थियो । मैंले मेरा हात उहाँको मर्जीमा खुकुलो छाडिदिएको थिएँ । मेरा आँखाहरू उहाँका आँखा, कामुक देखिने ओठहरू र निमन्त्रणा गरिरहेका उहाँका प्राकृतिक सौन्दर्य पहाडहरूमा पालोपालो अडिन्थे ।  

– तिम्लाई मेरो के मन पर्छ ?

– आँखा (मैंले सम्हालिदै भाने)।

– अनि !  

– ओठ..  

– अनि !  

– उम्...!

लज्जाउँदै मुख चुच्चो पारेर उहाँका वक्षतिर इसारा गरें । मेरा बामे नसरेका हात समाएर उहाँले आफ्ना यौवनका पहाडहरू चढाउनुभयो । मेरा तातेताते गरेको हात उहाँका अग्लाअग्ला पहाडका चुचुराहरूमा डरले थर्थराउँदै दरो समाएर ओर्लिए । म उहाँका बंैसका तातो आरानमा उसिनिएँ । कानसिरीबाट झरेका पसिनाका खहरे उहाँका विशाल तराई छातीमा सेतींझै कतै हराएर गए ।

हँसिली साउनीसँगको सम्ंबन्धले हाइवेको गति लिन नपाउँदै नेपाल सरकारको सडक विस्तारको मारमा निचारियो । सडकले मलको एकपाटा निल्यो । उहाँका पसलका शाखाहरू थिए । मेरो सरुवा ललितपुर शाखामा भयो । पुनःसंरचनाका लागि म त्यता  आइरहनुपर्थ्यो । कहिलेकाहीँ उहाँका पसलतिर पुग्थें । चिया गफ, एक अर्काको बयान वतावरण अनुकूल हुन्थ्यो नै । तर पहिलेजस्तो अनुकूल थिएन । एक दिन उहाँलाई कतै जानु थियो । या बहाना.. । मलाई पुरयाइदिन भन्नुभयो । म उहाँका कुरा नाइँ भन्न सक्तिन थिएँ । अलि पर बाटोमा नजानिदो पारामा सोधे –

– हजुरलाई कहाँ पु/याइदिनुपर्ने रे ?  

– तिमी कहाँ लान्छौ ?  

– हजुर !!

– हिम्मत छैन ?

– के को ?  

– त्यसो भए मलाई पसलमै छाडिदेउ । यत्रो बहाना बनाईबनाई निक्लेको सब पानीमा गयो । नामर्द ।  

– साँच्चि निउँ खोज्नु भाहो ?

– अनि के त ?

– मैले लगेकोमा जानुहुन्छ ?  

– ड्राइभर को ? गाडी कस्को हातमा छ ?  

– ओके ।

साथीको गेस्टहाउसमा जान लाज पनि थ्यो । एता मर्दाङ्गीको सवाल थियो । लाजलाई एकैछिन जाकडी राखेर पुरुषत्व जोगाउन मै लागें । उहाँका खडेरीमा फुलेका बैंसका बेमौसमी फूलमा भीर माहुरी भएर रस निखार्नु थियो । उहाँका बेलगामे घोडालाई लगाम लगाउनु मलाई फलामका चिउराझै नभएका होइनन् । तर पुरुषत्व जोगाउनकै लागि भए पनि हार मानिन । घण्टाघरका घडीका सुईभन्दा छिटो दौडिएका जवानीका काँटाहरूले दिन ढल्नु अगाडि नै आत्मसर्मपण गरे । साविकको पसल बन्द गर्ने समयभन्दा अगावै उहाँलाई पसलमा छोडेर म निस्किनै लाग्दा उहाँले कान नजिकै भन्नुभयो । हामी एउटा सुन्दर सपनाबाट बिउँझिसक्यौ । बल गरेर सपना दोहोरयाउँदैन ।  

प्रकाशित: २३ फाल्गुन २०७७ ०८:३२ आइतबार

अक्षर