कला

सुशान्त सिंह मृत्यु प्रकरण: आरोप पत्रकाे मुख्य अभियुक्तमा रिया चक्रवर्तीकाे नाम

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणको अनुसन्धानको क्रममा लागुऔषध कन्ट्रोल ब्युरोले १२ हजार भन्दा धेरै पेजको चार्जसिटसहित एनडीपीएस अदालतमा मुद्दा दायर गरेको छ।

उक्त चार्जसिटमा सुशान्तको प्रेमिका रिया चक्रवर्तीको नाम मुख्य अभियुक्तको रुपमा राखिएकोे भारतीय संञ्चारमाध्यमले जनाएका छन्। सुशान्तको आत्माहत्या पछि  रिया चक्रवर्ती र उनका भाई शोविक चक्रवर्ती लागुऔषध प्रकरणमा मुछिएका थिए। उनीहरुलाई केही दिन हिरासतमा राखिएको थियो पछि जमानतमा छुटेका थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार एनसीबीको निर्देशक समीर वानखेडे एनडीपीएस अदालतमा दाखिल गर्ने भएका छन्।

प्रकाशित: २३ फाल्गुन २०७७ ०२:३१ आइतबार

सुशान्त सिंह मृत्यु मुख्य अभियुक्तमा रिया चक्रवर्ती लागुऔषध कन्ट्रोल ब्युरो