कला

छैन रहेछ कुनै अर्थ यहाँ दुख पीर भनेर

गजल

जिन्दगी यो विवशताको जञ्जीर भनेर,

विधाताको खेल यस्तै रहेछ आखिर भनेर। 

 

सधैं कति कोसिस गर्छौ दुनियाँलाई हराउने,

खुट्टा तान्छौ सधैं  कहाँ छ अग्लो भीर भनेर।

 

थाहा हुँदैन बगैचामा फुलेको फूललाई त,

बिहान म आर्यघाट पुग्छु या मन्दिर भनेर।

 

भनिन्छ जित्नेहरूको इतिहास लेखिन्छ रे,

बुझ्नुपर्छ यस्तै रहेछ मेरो तकदिर भनेर ।  

 

चिनी माग्दा नुन दिने चलन छ समाजमा,

छैन रहेछ कुनै अर्थ यहाँ  दुख पीर भनेर।

प्रकाशित: २२ फाल्गुन २०७७ ०७:२१ शनिबार

अक्षर