कला

आमाको माया सन्तानको जस्तो कमसल छैन

गजल

चारैतिर समस्या छन् तर कुनैको पनि हल छैन,

समस्याको हल गर्न ठुलाबडाको छलफल छैन।

 

घरको धुरी खाँबो बेची चामल किन्न बाध्य भएँ,

साहुजी मेरो घरमा खाने कत्ति पनि चामल छैन।

 

नक्कली प्रमाणपत्र छानबिन गर्नुभो प्रमुखज्यू,

तर हजुरको आफ्नै प्रमाणपत्रको सक्कल छैन।

 

निस्वार्थ माया संसारमा आमाको मात्र हो र त,

आमाको माया सन्तानको जस्तो कमसल छैन।

 

पूरा पोसाकबिना स्कुल नआउनु भन्नू भो  तर,

गुरुज्यू, मसँग त खुट्टामा लगाउने चप्पल छैन।

प्रकाशित: २१ फाल्गुन २०७७ ०७:०१ शुक्रबार