कला

सम्बन्ध

लघुकथा

 विदाको दिन उत्सवले साथीको मोबाइल लोकेशन ट्रयापिङ  गरयो । गोदावरी लोकेशन देखायो । कलेजको सबभन्दा मिल्ने साथी यसरी बिना जानकारी घुम्न गएको कुराले चकित परयो । मनको कौतुहलता मेट्न फोन गरयो –   हेलो, अ‍ो गाइच कता ?

           – बोटानिकल पार्क, गोदावरी । गाइच ।

           – हामीलाई बिर्सेको !

           – अँ यार गाइच यस्तै भयो । सरी ल ।

साथीको रहस्यमय जवाफले उत्सवलाई झन्  एक्साइटेड बनायो ।  बाइक स्टार्ट गरयो । ऊ पनि गोदावरीतिर हुइँकियो । बाइक पार्किङ गरयो । साथीलाई सरप्राइज दिने उद्देश्यले फोन नगरी बिस्तारै चियो गर्दै पार्कतिर लाग्यो । अलि पर पुगेपछि अनौठो दृश्य देख्यो।

आयुष र लुनिभा एक अर्काको अँगालोमा कसिएर चुम्बनमा  मस्त थिए । एउटा फोटो खिच्यो । सपनाजस्तै लाग्यो । ऊ फरक्क फर्कियो। 

टेन्सन भयो। रेष्टुरेन्ट छिरयो । टेन्सन दूरको अ‍ौषधि लियो । झन्– झन् टन्सन नजिक भयो । फोन गरयो – हेलो, मेरो राजा कता गायब हो । कल पर्खिदा – पर्खिदा म कति हैरान भैसके । लुनिभाको एकोहोरो रटानले झन् आगाोमा घिउ थप्यो । केही जवाफ नफर्काई फोन काट्यो । लुनिभाले कल ब्याक गरी तर फोन उठेन।

 – के भयो ?  किन रिसाको राजा ? म्यासेज आयो।                                              

– मेरो बिहे हुने भयो । मेरी उनीको फोटो राखेर फेसबुकमा निमन्त्रणा पठाको छु । म्यासेज फर्कायो ।  

हतार– हतार लुनिभाले फेसबुक खोल्दा ‘चुम्बनवाली’ क्याप्सन लेखिएको लुनिभा र आयुषको फोटो भाइरल भइसकेको थियो ।                     

प्रकाशित: १९ फाल्गुन २०७७ ०८:३५ बुधबार

अक्षर