कला

भाउ खोज्नेहरूदेखि हैरान, दाउ खोज्नेहरूदेखि हैरान

गजल

भाउ खोज्नेहरूदेखि हैरान,

दाउ खोज्नेहरूदेखि हैरान ।

 

वारिको लौरो बिर्सी जाने,

नाउ खोज्नेहरूदेखि हैरान।

 

एकैनासमा हुन्न है समय,

घाउ खोज्नेहरूदेखि हैरान।

 

परजीवीमा नहुनु धेरै राम्रो,

माउ खोज्नेहरूदेखि हैरान।

 

श्रीगणेश नगरी  अघि बढ्न,

पाउ खोज्नेहरूदेखि हैरान ।

प्रकाशित: १९ फाल्गुन २०७७ ०६:५२ बुधबार

अक्षर