तराई पाउ,पहाड छाती,हिमाल छ शीर,
नेपाल हाम्री जननी हुन् सन्तति छौ वीर ।
मिलीजुली बस्छौ यहाँ हुन दिन्नौ फाटो,
हिमचुलीको टाकुरोमा पुरयाउनु छ बाटो ।
मुटुभन्दा प्यारो छ यही पाखापर्वत भीर,
नेपाल हाम्री जननी हुन् सन्तति छौ वीर ।
जान दिन्नौ पुर्खाहरूको रगतपसिना खेर,
स्वर्ग कहीँ छ भने त्यो, यही नेपाललाई हेर ।
कोटि देउता बास यहीं छ,छैन कत्ति पीर,
नेपाल हाम्री जननी हुन् सन्तति छौ वीर ।
तराई पाउ,पहाड छाती,हिमाल छ शीर,
नेपाल हाम्री जननी हुन् सन्तति छौ वीर ।
प्रकाशित: १९ फाल्गुन २०७७ ०६:२१ बुधबार