कला

के गर्दैछिन् ९० को दशककी चर्चित बलिउड नायिका आयशा झुल्का

९० को दशककी चर्चित बलिउड नायिका आयशा झुल्का चलचित्रबाट निकै टाढा भएकी छिन्। ९० को दशकमा आयशाले अक्षय कुमार, आमिर खानजस्ता ठूला नायकसंग काम गरिसकेकी छिन्।  

आयशाले अभिनेता आमिर खानसँग 'जो जिता वही सिकंदर'जस्तो हिट चलचित्रमा काम गरेकी थिईन्। यस्तै केही चर्चित चलचित्रमा अभिनय गर्न उनले अस्विकार पनि गरेकी थिइन्। यो कुराको उनलाई आज पनि अफसोस छ। हालै एक अन्तर्वार्तामा आयशाले यसबारे कुरा गरेकी छिन्।  

आयशाले एक अन्तर्वार्तामा उनले बिकिनीका कारण एक हिट चलचित्र बहिष्कार समेत गरेकी थिइन। उनले भनेकी छिन्, ‘धेरै चलचित्र छन् जुन मैले गर्न सकिनँ। मैले मणिरत्नमको चलचित्र रोजा गर्न सकिनँ र त्यसको मलाई निकै अफसोस छ।’

उनले आफू चलचित्र उद्योगमा ज्याकी श्रोफसँग सम्पर्कमा भएको बताएकी छिन्। नायिकाले भनिन्, ‘ज्याकी दादासँग म सम्पर्कमा छु। ज्याकी दादा असाध्यै सामाजिक कार्य गर्नुहुन्छ, विशेषगरी जनावरको हितका लागि। उहाँ जनावर प्रेमी हुनुहुन्छ।’ यसका साथै आयशालाई रोमा नायडूको फिल्म प्रेम कैदी गर्न नपाउँदाको अफसोस अहिले पनि छ। आयशाले भनिन्, ‘मलाई प्रेम कैदीमा बिकिनी लगाउनुपर्ने थियो त्यसैले मैले त्यो फिल्म अस्विकार गरेँ।’

चलचित्रबाट किन टाढा भएको भन्ने प्रश्नमा उनले आफू अहिले पनि चलचित्रको हिस्सा भएको सुनाएकी छिन्। उनले भनिन्, ‘मलाई अहिले पनि फिल्म, वेब सिरिज र टिभीको प्रस्ताव आउँछ तर जबसम्म मेरो लागि हुने भूमिका आउँदैन तबसम्म प्रस्ताव स्विकार गर्न सक्दिनँ।’

‘म यस्तो भूमिकाको खोजीमा छु जसले मलाई कलाकारको रुपमा सन्तुष्टि दिन सकोस्। फिल्मी दुनियाँभन्दा टाढा म जनावरका लागि काम गरेर आफूलाई व्यस्त राख्छु। म स्क्रिप्ट पनि लेखिरहेकी छु र केही स्क्रिप्ट आफ्नो लागि पनि हेरिरहेकी छु। यतिबेला धेरै कुरा चलिरहेको छ।’

आयशाले सन् २००३ मा समिर वशीसँग विवाह गरेकी थिइन्। विवाहपछि उनले अभिनयलाई आफूभन्दा टाढा राखिन्। यसबारे उनी भन्छिन्, ‘मैले निकै कम उमेरमा नै फिल्ममा काम गर्न सुरु गरेँ र म एक साधारण जीवन चाहन्थेँ। विवाहपछि बलिउडभन्दा टाढा रहेर मैले जीवन अत्यधिक रमाइलो गरेँ। यो एउटा राम्रो निर्णय थियो।’

प्रकाशित: १८ फाल्गुन २०७७ ०२:२० मंगलबार

बलिउड नायिका आयशा जुल्का ९० को दशककी चर्चित