कला

स्वर्ण लंकाको यात्रा

कविता

भ्रममा रहेछु म

बाटो अकैॅ रहेछ

हिँडिरहें आफ्नै ढिपीमा

मबाट गल्ती भएछ

नराम्ररी झुक्किएँ म

पथप्रदर्शक गलत परेछ

कसरी भ्रममा परें म

कसैले पक्कै षड्यन्त्र गरेछ

एक्लै होइन म यात्रामा

मेरो पछि कैयौ रहेछ

कसरी चुके म गन्तव्यमा पुग्न

सबैले धोका पाए भन्दै छ

लक्ष्य चुम्ने धेरैको

अभिष्ट धराशायी भएछ

बाटो सही हो भनी हिँडेकाहरू

भन्दै छन् कसरी फरक परेछ  

स्वर्णलंका हो गन्तव्य सबैको

जहाँ मधुवर्षा हुन्छ सदैव

पुग्न सकेमा जो कोही

हासिल गर्दछ अथाह वैभव

यसैले हिँडेकाहरू कैयौ यात्रामा

देखिन्छ बीच बाटोमा अलपत्र

सहज छैन यात्रा स्वर्णलंकाको

मायावी बाटो अनेक छन्

थोरै मात्र पुग्छन् भाग्यले

यसैले फर्कन कोही  चाहँदैनन् ।

प्रकाशित: १३ फाल्गुन २०७७ ०५:३१ बिहीबार

अक्षर