कला

रोज

कविता

एउटा सन्नाटा चिरेर

निस्कन्छ खास घाम  

न्याय त्यो बिरानो रातले निल्न पाउँदैन

 

जब बिहान त्यो झुल्कन्छ  

चुर्लुम्म डुबिसकेको रातहरूलाई  

छुरा बन्छ मुस्कान  

 

अनि थुनामा पठाइन्छ

राजगद्दीमा बस्नेको गल्ती छोप्न  

जु याने कि चिडियाखाना देखाइन्छ

 

जहाँ बाजेको पालादेखि कैद छन्  

त्यो जनावरहरू  

तिनलाई के थाहा ,

उन्मुक्तिको आभाष  

म तिनलाई प्रश्न गर्न हतार गर्दिनँ

तिनी उन्नत प्रतिगमनका मतियार हुन  

सच्चिएर आउन

उज्यालो मुस्कानतिर  

 

होइन भने तिनीहरूलाई  

सिंहासनबाट कसरी चिहानमा पुर्नुपर्छ  

समयले  बताइसकेको छ  

हतार गर सुध्रिने मौका हेरेर  

इजलासबाट अन्तिम विकल्प तयार भइसकेको छ

दुईमा एक रोज ।

प्रकाशित: १२ फाल्गुन २०७७ १२:०९ बुधबार

अक्षर