कला

अभिनेत्री वर्षा सिवाकोटी चलचित्र ‘कालीपुरुष’ मा अनुबन्धित

अभिनेत्री वर्षा सिवाकोटी चलचित्र ‘कालीपुरुष’ मा अनुबन्धित भएकी छन्। चलचित्र राघव आचार्यको निर्देशनमा बन्न लागेको हो। मानकृष्ण महर्जनको छायाँंकन रहने ‘कालिपुरुष’मा नव–नायक रमेश बाँनियाको पनि मुख्य भूमिका रहने निर्माण टीमले जनाएको छ। 

फिल्मको अन्य टिम भने छनौटको क्रममा रहेका छन्। चलचित्र सस्पेन्स थ्रिलर कथामा निर्माण हुन लागेको चलचित्र इभाना इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको हो। फिल्मको छायाँकन फागुनको अन्तिम साताबाट सुरु हुने बताइएको छ।

हालै ‘परदेशी –२’ को छायांकन सकाएकी वर्षा पछिल्लो समय व्यवसायमा पनि आवद्ध रहेकी छिन्।

प्रकाशित: १२ फाल्गुन २०७७ ०८:४६ बुधबार