इच्छा थिएन मेरो बादल भएर हिँड्ने,
कस्तो गरेछु माया पागल भएर हिँड्ने ।
वर्षौं बितेर जाँदा झल्को गएन उस्को,
आँखा अगाडि छाया हरपल भएर हिंड्ने।
चोखो गरेर माया के नै भयो र आखिर,
हिक्मत भएन तिम्रो गाजल भएर हिँड्ने।
मान्दैन बस्न मनले एक्लै उडेर जान्छ,
प्यासी बनेर होला तलतल भएर हिँड्ने।
तिम्रो रहेछ माया ठ्याक्कै भूकम्पजस्तो,
सारा फोडेर छाती हलचल भएर हिँड्ने।
प्रकाशित: ७ फाल्गुन २०७७ ११:२६ शुक्रबार