समय – १
म घाँस काट्दै थिएँ । अचानक मुसलधारे पानी बर्सिन थाल्यो । नजिकै गोठमा निकैबेर ओतिएँ । एकछिनपछि आठनौ जना मान्छे आए र मलाई घिसार्दै लगे । खासमा मेरो विहे भएको रहेछ । त्यतिबेला म भर्खरै सात वर्ष पूरा भएर आठ टेक्दै रहिछु ।
समय –२
मामाहरू आउनुभयो । मेरी छोरीको विहेको कुरा चलाइयो । मामाले दुख पाइस् भने हामी छौं भनेर एकान्तमा केरे । न कहिले भेटेको न कहिले देखेको एक पुरुषसित विहेको कुरा छिनियो अनि धुमधामले विहे भयो ।
समय – ३
मेरी नातिनीले न मैले एक मुठी घाँस काँटी, न कोही माग्न नै आए । यद्यपि ऊ आमा हुँदै छे । समाज भने भनिरहेको छ – समय भाँडियो । विकृति फैलिँदै गएको छ ।
नातिनीचाहिँ खुसी साथ भन्दै छे – मैले आमा हुन कसैलाईे शुल्क बुझाएकी छु । म जे गरूँ अरूलाई के चासो ? कम्तीमा मैले कसैको दिल त दुखाएकी छुइनँ नि ।
प्रकाशित: ६ फाल्गुन २०७७ ०७:५८ बिहीबार