सुरेन्द्र अस्तफल
अब तिम्रो त्यो कालो सल
हाम्रो प्रेमको निशानी रहेन
हिजो यही कालो सल ओढेर
जोगाएका थियौँ हाम्रो प्रेम
झाङ्गिएको थियो गुलाबी प्रेम
प्रिया,
अब त्यही तिम्रो सल
प्रतिपक्षको तरबार लागिरहेछ
डसिरहेछ दिनमा पनि
डसिरहेछ रातमा पनि
प्रिया,
अब त्यो कालो सलको ठाउँमा
रातो सल लगाऊ है
किनकि
हाम्रो प्रेमलाई क्रान्तिको नाम दिनु छ ।
प्रकाशित: १९ माघ २०७७ ०८:४९ सोमबार