इमान बेचेर चुक्छ्न् मान्छेहरू,
जमान बिर्सेर लुक्छ्न् मान्छेहरू ।
पत्थरमाथि आस्था पलाएपछि,
विश्वासमा ढुंगा पुज्छन् मान्छेहरू।
यात्रा एउटै हो गन्तव्य छ फरक ,
दुविधामा परेर फुट्छ्न् मान्छेहरू।
मनभित्र छ ईर्ष्या र रिसको राप
आफैभित्र जलेर रुन्छ्न् मान्छेहरू ।
चाकरी चाप्लुसीमा रमाउँदै सधैं ,
स्वभिमान भुलेर झुक्छन् मान्छेहरू।
प्रकाशित: १९ माघ २०७७ ०८:१३ सोमबार