कला

सिक्नु छ केही सूत्र बाँच्नकै लागि पनि

गजल

आँखाले आँखाको चाल चिने जस्तैगरी,

कवाडीले हेर्न साथ माल चिने जस्तैगरी ।

 

सिक्नु छ केही  सूत्र, बाँच्नकै लागि पनि,

माछीले भंगालोको छाल चिने जस्तैगरी ।

 

नेता हुन नेताकै गुन हुनुपर्ने  रै’छ क्यारे,

बजारका प्रत्येक दलाल चिने जस्तैगरी ।

 

पीडित लाभान्वित हुनुअघि महाशयले,

चोरी – चोरी बेच्ने त्रिपाल चिने जस्तैगरी ।

 

यसरी सिक्नु यसरी जान्नु तिमीले पनि ,

भैंसीले शुद्ध हुन आहाल चिने जस्तैगरी 

प्रकाशित: १९ माघ २०७७ ०४:०३ सोमबार

अक्षर