कला

गङ्गा तीरमा साँघु आफै बुन्न भन्छु म त

गजल

आफू हिँड्ने  असल बाटो चुन्न भन्छु म त,

मनभित्र सादा विचार गुन्न भन्छु म त।

 

यात्रा न हो जँघार पनि हुन्छ तर्नुपर्ने ,

हरेस खाई पछि हट्न हुन्न भन्छु म त।

 

घाँटी हेरी हाड निल्न  पर्दो रहेछ जान्नु,  

कल्पनामै उडी त्यो जून छुन्न भन्छु म त।

 

मनै त हो उध्रिन्छ नै अप्ठ्यारोमा पर्दाखेरि,

एकान्तमा चुप लागेर तुन्न भन्छु म त।

 

तिमी र म वारिपारि भइएला कहिल्यै,

गङ्गा तीरमा साँघु आफै बुन्न भन्छु म त।

प्रकाशित: १८ माघ २०७७ ०९:३५ आइतबार

अक्षर