कला

अभागीको दाम राख्ने भॅाडोमा दूलो हुन्छ

मुक्तक

                         १)

हाम्रा प्रधानमन्त्रीले उडुस र उपियॅा लडाउनु भा’को छ,

जुम्रा भा’कै टाउकोमा उडुस उपियॅा चढाउनु भा’को छ ।

कोरोनासॅग जोगिएर घरभित्र बसेका नेपालीलाई,

सडकमा नारा लगाउन पठाएर सुगर र प्रेसर बढाउनु भा’को छ ।

 

                     २)

रिसाहा मान्छेको आंखामा फूलो हुन्छ,

अभागीको दाम राख्ने भॅाडोमा दूलो हुन्छ ।

हामी रिस – डाहा गर्छौं र पछि पछुताउॅछौं,

बुद्धि नहुनेलाई उम्केको माछो ठूलो हुन्छ।  

 

                         ३)

हेर्नुस् न यहां विकास कसैलाई चाहिएकै हैन ,

अझै हेर्नुस् त निकास कसैलाई चाहिएकै हैन ।  

मान्छे आफैलाई बन्धक राखेर दास हुन चाहन्छन्,

यिनलाई होसहवास कसैलाई चाहिएकै हैन ।

 

                      ४)

यी बुढाबुढा नेताहरू झन् कसिला देखिन्छन्,

कमिसन पाउॅछन् होला र त हॅसिला देखिन्छन् ।

हेर्नुस् त यिनलाई गणतन्त्र कति फापेको हो,  

त्यसैले त होला नि, पोटिला रसिला देखिन्छन् ।  

 

                    ५)

न्यायाधीशहरू लोकप्रिय हुने हो कि न्यायप्रिय,

निर्णयहरू सत्यवादी नै हुने हो कि वा कर्णप्रिय।

समय कैदी हुन सक्छ सक्दैन समयले नै बताउला,

शासक नेताहरू हो निरंकुश हुने हो कि जनप्रिय।

प्रकाशित: १६ माघ २०७७ ०७:३२ शुक्रबार

अक्षर